सहिद गोल्डकप फुटबल फाइनलमा मिरिकको थर्बु हाई स्कुलको पाइप ब्याण्डले प्रस्तुति दिने

खरसाङ (निसं): खरसाङ गोर्खा पार्वत्य खेलकुद सङ्घको आयोजनामा सम्पन्न भइरहेको सहिद गोल्ड कप फुटबल टुर्नामेन्टमा मिरिकको थर्बु हाई स्कूलको पाइप ब्याण्डले प्रस्तुति दिने भएको छ। यस विषयमा खरसाङ गोर्खा पार्वत्य खेलकुद सङ्घका सचिव निर्मल गुरुङले जानकारी दिएका छन्। तिनले आज दोस्रो सेमी फाइनल खेल अवधि पत्रकारहरूलाई सम्बोधन गर्दै भने, गत केही दिन अघि दिल्लीको वार मेमोरियलमा मिरिकको थर्बु हाई स्कूलको पाइप ब्याण्डले भाग लिएर राम्रो प्रस्तुति दिएका थिए। उक्त पाइप ब्याण्डले नै आगामी 30 जनवरीको दिन हुने सहिद गोल्ड कप फुटबल टुर्नामेन्टको फाइनल खेलमा प्रदर्शन गर्ने भएको सचिव निर्मल गुरुङले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *