शहीदहरूलाई जलपाईगढी कोभिड अस्पतालमा श्रद्धाञ्जलि

जलपाईगढी : लद्दाखको गाल्वान घाटीमा भारत र चीनमाझ भएको संघर्षमा शहीद भएका भारतीय सेनाका 20 जना जवानहरूलाई कोरोना रोगबाट स्वस्थ भएकाहरू लगायत स्वस्थ कर्मीहरूले पनि श्रद्धाञ्जलि अर्पण गरे। प्राप्त जानकारीअनुसार जलपाईगढी कोभिड अस्पतालमा कोरोना संक्रमणबाट स्वस्थ भएका रोगीहरू लगायत अस्पतालका स्वास्थ्यकर्मीहरूले हिज साँझ एउटा कार्यक्रमबीच शहीदहरूको स्मरण गर्दै तिनीहरूलाई श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा उपस्थित उत्तरबंगका ओएसडी डाक्टर सुशान्त राय, जिल्ला मुख्य स्वास्थ्य अधिकारी रमेन्द्रनाथ प्रामाणिक, अस्पताल अधीक्षक गयाराम नस्कर लगायत अन्य अधिकारीहरूले पनि शहीदहरूको फोटोमा फुलमाला चढाउनको साथै तिनीहरूको आत्मशान्तिको निम्ति एक मिनटको मौन धारण पनि गरे। यस समयमा सामाजिक दूरीलाई विशेष गरेर ध्यानमा राखिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *