शहीद जगन्नाथ रायको पार्थिव शरीर ल्याइपुऱ्याइयो बाघडुग्रा

सिलगढी: जम्मू-कश्मीरमा भएको आतङ्कवादी हमलामा प्राण गुमाउने सीआरपीएफ जवान शहीद जगन्नाथ रायको पार्थिव शरीर सैनिक सम्मानको साथमा आज विमान मार्फत बाघडुग्रा ल्याइपुऱ्याइयो। यसपछि शहीदको शवलाई वाहनमार्फत जलपाइगढीस्थित तिनको निजी घरमा अन्तिम संस्कारको लागि लगियो। स्मरण रहोस, गत 25 मार्चमा जम्मू-कश्मीरमा भएको आतङ्कवादी हमलामा धुपगढी ब्लकको पश्चिम शालबाड़ी इलाका निवासी सीआरपीएफ जवान जगन्नाथ राय शहीद भएका थिए। तिनको मृत्युपछि सम्पूर्ण इलाकामा शोकको लहर छाएको छ। बाघडुग्रा ल्याइपुऱ्याए पछि शहीदका परिवारका सदस्यहरूले शहीद जगन्नाथ रायको शव सैनिक सम्मानको साथमा पैतृक स्थल धुपगढी लगियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *