शहीद जवान विपुल रायको आज अन्तिम संस्कार

सिलगढी : हालै चीनसितको संघर्षमा शहीद भएका भारतीय सेनाका जवान विपुल रायकी स्वास्नी र छोरी आज दिउँसो बाघडुग्रा हवाईअड्डामा आइपुगिन्। शहीद जवान विपुल राय अलिपुरद्वार निवासी रहेको तथा तिनी मेरठमा आफ्नी स्वास्नी र छोरीसँग बस्दै आइरहेका थिए। तर भर्खरै केही दिन अघि मात्र तिनको लद्दाखमा पोस्टिङ भएकोले त्यहाँ ड्युटीमा कार्यरत अवधि चीनसितको संघर्षमा तिनले आफ्नो देशको निम्ति प्राणको आहुति दिए। हिजो तिनको पार्थिव शरीर राष्ट्रिय सम्मानको साथमा भारतीय सेनाका जवानहरूले अलिपुरद्वारस्थित तिनको घरमा ल्याइपुर्याइयो। तथापि, तिनका स्वास्नी र छोरी मेरठमै रहेकोले गर्दा आज तिनीहरू विमान मार्फत् बाघडुग्रा हवाईअड्डा आइपुगेपछि सड़क मार्ग हुँदै आफ्नो घर अलिपुरद्वार प्रस्थान गरे। पारिवारिक सूत्रले दिएको जानकारीअनुसार शहीद विपुल रायको अन्तिम संस्कार आज तिनै पैतृक स्थलमा राजकीय सम्मानको साथमा गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *