शहीद जवानहरूलाई श्रद्धाञ्जलि दिँदै आवश्यकमन्दहरूलाई खाद्य वितरण

खोरीबारी : हालै चीनसित संघर्षमा शहीद भएका जवानहरूको स्मरण गर्दै खोरीबारी थाना अन्तर्गत पर्ने बतासीको श्यामधनजोत सर्वोदय संघ स्वरद्वारा आज आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्रीहरू वितरण गरियो। स्मरण रहोस्, भारत-चीनमाझ भएको संघर्षमा भारतीय सेनाका 20 जना जवान शहीद भएका थिए।


देशका विभिन्न ठाउँहरूमा मानिसहरूले ती शहीद जवानहरूलाई स्मरण गर्दै श्रद्धाञ्‍जलि अर्पण गर्ने क्रम हाल जारी देखिन्छ। यसै क्रममा आज श्यामधनजोत सर्वोदय संघ स्वरको तर्फबाट ती शहीद जवानहरूलाई श्रद्धाञ्‍जलि अर्पण गर्नको साथै लगभग 220 जना आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्रीहरू वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *