सहिद परिवारको घरमा पुगे सभासद सन्दीप छेत्री

दार्जिलिङ : गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति आफ्नो प्राणाहुति दिने वीर-विराङ्गना सहिदहरूको घरमा पुगेर सहिद परिवारका सदस्यहरूसित चुङथुङ मेरीबुङ तामसाङ समष्टि सभासद सन्दीप छेत्रीले भेट गरे। यस अवधि सभासद छेत्रीले सहिदको परिवारका सदस्यहरूलाई सम्मान जनाउनको साथै तिनीहरूले भोगिरहेका विविध समस्याहरूबारे जानकारी लिए। आजको यस भेटवार्ता कार्यक्रममा समष्टि युवा शक्ति अध्यक्ष सरजु छेत्री, कार्यकारी अध्यक्ष सुन्दर राई, दार्जिलिङ महकुमा समिति युवा शक्ति अध्यक्ष अरूण छेत्री, महकुमा समिति सदस्य ललित तामङ, युवा नेता आनन्द राई, बिक्की तामङ आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *