सहिद रानु मगरको सैनिक सम्मानको साथमा गरियो अन्तिम संस्कार

अलिपुरद्वार: जम्मू कश्मिरको कार्गिलमा हिमको पैह्रोमा परेर कालचिनी ब्लकको दलसिंहपाडा गोपाल बहादुर बस्ती निवासी गोर्खा रेजिमेन्टका नायक रानु मगर (33) सहिद भएका छन्। दलसिंहपाडा गोपाल बहादुर बस्तीस्थित पैतृक स्थलमा आज सहिद रानु मगरको कपन बन्द पार्थिव शरीर ल्याइपुर्‍याइएपछि सैनिक सम्मानको साथमा तोर्षा नदी घाटमा तिनको अन्तिम संस्कार गरियो। तिनी भारतीय सेना वाहिनीको गोर्खा रेजिमेन्टमा नायक पदमा कार्यरत थिए। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार गत 11 नोभेम्बर साँझ तिनी कार्गिलमा ड्युटीमा तैनाथ थिए। त्यस समय भयानक हिउँको पैह्रोको चपेटमा परेपछि तिनी हिँउले पुरिएको बताइएको छ। यसपछि गत 12 नोभेम्बर दिउँसो परिवारका सदस्यहरूले तिनको मृत्यु भएको खबर पाए। सहिद रानु मगरको परिवारमा बाबु, आमा, श्रीमती, दुई छोरा-छोरी र एकजना भाइ छन्। आगामी 4 दिसम्बरमा तिनको भाइको बिहे रहेकोले गर्दा तिनी 16 नोभेम्बरमा घर आउने भएका थिए। परिवारका सदस्यहरूले छोरा आउने आशामा दिन गन्दै बसिरहेका थिए। तर यसभन्दा अगावै रानु मगर सहिद भएको खबर सुनेपछि परिवारका सदस्यहरूमा ठुलो बज्रपात खसेको छ। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ। आज दलसिंहपाडा गोपाल बहादुर बस्तीस्थित पैतृक स्थलमा रानु मगरको कपन बन्द पार्थिव शरीर ल्याइपुर्‍याइएको छ। तिनको एक झलक हेर्न तथा श्रद्धाञ्जलि अर्पण गर्नको लागि मानिसहरूको भीड जमेको थियो। राज्यसभा सांसद प्रकाश चिकबराइक, कालचिनीका विधायक विशाल लामा, जिल्ला परिषद्का सदस्य गङ्गा प्रसाद शर्मा, कालचिनी बीडीओ लगायत अन्य आज तिनको घरमा गएर खदामाला चढाएर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes