सहिद सीताराम राईको सैन्य सम्मानको साथमा अन्तिम संस्कार

सोनादा : मणिपुरको पैह्रोमा परेर ज्यान गुमाएका दार्जिलिङको रंगबुल गोर्खे बस्ती निवासी सीताराम राईको आज  सैनिक सम्मानको साथमा अन्तिम संस्कार गरियो। सहिद सीताराम राईलाई श्रद्धाञ्जलि अर्पण गर्नको लागि  भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको रंगबुल धोतरिया रंगमुक समष्टिका विजय प्रार्थी राजेश चौहानसुकेपोखरी खण्ड विकास अधिकारी समिरुल इस्लाम उपस्थित थिए। 


स्मरण रहोस्, मणिपुरको नोनीमा गएको भीषण पैह्रोको चपेटमा परेर खरसाङको गौरी शंकर निवासी विधान राईले प्राण गुमाएका थिए। तिनको पार्थिव शरीर हिजो हवाई मार्ग भएर बाघडुग्रा अनि त्यसपछि बेङ्गडुबीस्थित सैनिक छाउनीमा ल्याएर सैनिक सम्मानसहित श्रद्धाञ्जलि अर्पण गरेपछि तिनको पैतृक थलो ल्याइएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *