साहित्य अकादमीद्वारा आयोजित पूर्वाञ्चल क्षेत्रीय लेखक सम्मेलनमा अंश ग्रहण गरेर फर्किए कवि मिलन प्रधान

खरसाङ (निसं): साहित्य अकादमीको आयोजनामा कोलकतामा सम्पन्न पूर्वाञ्जल क्षेत्रीय लेखक गोष्ठीमा अंश ग्रहण गरेर फर्किए तीनधारेका कवि मिलन प्रधान। साहित्य अकादमीको आयोजनामा गत 17 र 18 सेप्टेम्बरको दिन कोलकतामा भएको पूर्वाञ्चल क्षेत्रीय लेखक गोष्ठीमा नेपाली भाषाको प्रतिनिधित्व गर्दै कवि मिलन प्रधान आफ्नो कविताहरू सुनाएका थिए। तीनधारेको नयाँ कमान निवासी कवि मिलन प्रधानले कोलकताको साहित्य अकादमी अडोटोरियमा भएको पूर्वाञ्चल क्षेत्रीय लेखक गोष्ठीमा गत 18 सेप्टेम्बरको कार्यक्रममा आफ्नो सहभागिता जनाएका थिए। नेपाली भाषामा कवि मिलन प्रधानसितै बंगाला भाषामा विभास रोय चौधरी, अंग्रेजीमा सुफिया खातुन, मणीपुरीमा रञ्जिता सरकार र नेपालीमा कवि मिलन प्रधानले आ-आफ्ना कविताहरू सुनाएका थिए। उक्त कार्यक्रममा कवि मिलन प्रधानले दुईवटा कविताहरू क्रमैले नेपाली र हिन्दी भाषामा सुनाएका थिए। साहित्य अकादमीले आफुलाई यो सुन्दर अवसर प्रदान गरेकोमा कवि मिलन प्रधानले साहित्य अकादमी नयाँ दिल्ली अनि साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको संयोजक डा. जीवन नामदुङप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *