साहित्य, कला र चित्रकला क्षेत्रमा विशिष्ट योगदान दिनेहरूलाई बीके प्रधान स्मृति पुरस्कार प्रदान गरिने

दार्जिलिङ: स्रष्टा एवम् प्राध्यापक सदीप प्रधानका पिता स्व. बीके प्रधानको स्मृतिमा वर्षेनी पुरस्कार प्रदान गरिने भएको छ। उक्त पुरस्कार साहित्य, कला र चित्रकला विषयमा प्रदान गरिने भएको छ। घुम भञ्ज्याङ, दार्जिलिङ निवासी बीके प्रधानको गत 2 जनवरी 2021 मा निधन भएको थियो। तिनको स्मृतिमा यसै वर्षदेखि एउटा पुरस्कार दिइने तिनको परिवारको पक्षबाट घोषणा  गरेको छ। पुरस्कारमा नगद राशि 10 हजार रुपियाँ, प्रमाणपत्र, अङ्ग वस्त्र, स्मृति चिन्ह  पनि प्रदान गरिने भएको छ। यस विषयमा बीके प्रधानका पुत्र प्रा. सदीप प्रधानले बताए अनुसार पुरस्कारको निम्ति पहिला पुरस्कार समिति बनाइने छ जसमा सिक्किम, दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक, सिलगढी, डुवर्स क्षेत्रका प्रतिनिधिहरूले अधिक मात्रामा तीनजनासम्मको नाम पुरस्कारको निम्ति सुझाउमा राख्ने भएका छन्। सबै स्तरबाट आएका नामहरूबाट छुट्टै पुरस्कार चयन समितिले एउटा सभा बसेर पुरस्कारको चयन गर्नेछ। पुरस्कार चयन समिति तदर्थ समिति हुनेछ। पुरस्कार कलाको कुनै पनि क्षेत्रमा आफ्नो योगदान पुऱ्याउने व्यक्तिलाई दिइने छ। साहित्य, सङ्गीत, चित्रकला आदि कलाको कुनै पनि क्षेत्रमा आफ्नो योगदान दिने व्यक्ति स्रष्टा पुरस्कारको निम्ति चयन हुनेछ। पुरस्कारको निम्ति 35 वर्ष अधिकतम् उमेर सीमा रहनेछ साथै पुरस्कार दार्जिलिङको एउटा पञ्जीकृत सामाजिक संस्था मुख बन्द काम सुरूट्रस्टको माध्यमद्वारा दिइने छ। प्रथम बीके प्रधान स्मृति पुरस्कार फरवरी 2022 को अन्तिम सप्ताहमा प्रदान गरिने स्व. बीके प्रधानका पुत्र सदीप प्रधानले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *