साहित्यकार बालकृष्ण थापा स्रष्टा परिवार नागरी फार्मद्वारा सम्मानित

सुकेपोखरी : पुरानो समयका दिग्गज नेता एवम् वयोवृद्ध साहित्यकार पोख्रेबुङ  ग्राम पञ्चायत तीनको धजे चियाबारी माथिल्लो रानीवन बिके डाँड़ा निवासी 88 वर्षीय बालकृष्ण थापाको साहित्य साधनाको सम्मान गर्दै स्रष्टा परिवार नागरी फार्मद्वारा तिनकै वासस्थानमा गएर सम्वर्द्धना जनाइयो। मूल सचिव किशन प्रधान, अतिरिक्त सचिव शरद सुब्बा, कोषाध्यक्ष मिलन थुसमोसिस राई, सदस्यद्वय सजन शर्मा र अनुप सुब्बा आदिको उपस्थितिमा साहित्यकार थापालाई खदा अर्पण गर्दै सम्वर्द्धना पत्र प्रदान गरियो। यसैबिच बीके थापाले आफ्नो राजनैतिक, साहित्यिक, सामाजिक, शैक्षिक र अर्थनैतिक क्षेत्रमा पुऱ्याएको योगदानबारे अनुभव साझा गरे। उक्त सम्मानको लागि तिनले स्रष्टा परिवारप्रति आभार प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *