साहित्यकार इन्द्रमणि दर्नालको निधनमा शोकको लहर

दार्जिलिङ : वरिष्ठ साहित्यकार इन्द्रमणि दर्नालको शुक्रबार अबेर राति निधन भएपछि शोकको लहर छाएको छ। पारिवारिक सूत्रले दिएको जानकारीअनुसार तिनी गत धेरै समय अघिदेखि बिरामी अवस्थामा रहेकी थिइन् भने हिजो राति दार्जिलिङको इडेन अस्पतालमा तिनले अन्तिम श्वास फेरिन्। मृतक इन्द्रमणि दर्नाल साहित्यहरूको समूह बसुधा-का सह-संस्थापक तथा पूर्व अध्यक्ष समेत रहेकोले तिनको निधनले गर्दा भारतीय नेपाली साहित्यमा ठुलो क्षति पुग्नको साथै भारतेली नेपाली साहित्यमा शोकको लहर छाएको छ। 13 मार्च 1950-को दिन सिङ्ताम चियाकमान, दार्जिलिङमा जन्मेकी इन्द्रमणि दर्नालका कृतिहरू म्याडम र अन्य कथाहरू (कथा सङ्ग्रह 1999), ययति (नाटक सङ्ग्रह 2002), अक्षि भू (गीति नाटक सङ्ग्रह 2006), कृष्णा! कृष्णा!! (पूर्णाङ्की नाटक सङ्ग्रह 2013), उर्मिला (नाटक सङ्ग्रह) प्रकाशित छन्। तिनले 86-को गोर्खाल्याण्ड आन्दोलन पृष्ठभूमि बनाएर अर्ध विराम उपन्यास पनि लेखेकी छन्। यसबाहेक तिनका केही बाल नाटकहरू पनि प्रकाशित भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *