साहित्यकार कमला राईको निधन

सिलगढी : मिरिक साहित्य सुनौँ परिवारका अध्यक्ष, मिरिक उच्च माध्यामिक विद्यालयका भूतपूर्व शिक्षिका एवम् साहित्यकार कमला राईको 74 वर्षको उमेरमा निधन भयो। पारिवारिक सूत्रले दिएको जानकारीअनुसार सिलगढीको प्रधाननगरस्थित गैर सरकारी नर्सिङ होममा उपचाराधीन अवस्थामा हिजो राति लगभग 11 बजी तिनको निधन भयो। तिनको निधनले भारतीय नेपाली साहित्यलाई ठुलो क्षति पुगेको छ। मिरिकको सौरेनीमा 18 दिसम्बर 1948-मा जन्मेकी साहित्यकार कमला राईको दुईवटा कविता सङ्ग्रह ‘समयका पाइलाहरू’ र ‘शब्दहरूको एकान्तवास’ प्रकाशित छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *