साहित्यकार पारिजातको मूर्ति स्थानान्तरित गरिने

सिलगढी (निसं): सिलगढीको चेकपोस्टमा सडक नजिक रहेको वरिष्ट साहित्यकार पारिजातको मूर्तिलाई अब स्थानान्तरित गरिने भएको छ। सिलगढीका मेयर गौतम देवले आज यसबारे जानकारी दिएका छन्।  तिनले बताए अनुसार सिलगढी शहरलाई नयाँ लुक दिइरहेको छ, जसको काम हाल युद्धस्तरमा भइरहेको छ। सिलगढीको चेक पोस्टमा फ्लाईओभर ब्रिज बनाइने छ। यस कारणले गर्दा नेपाली साहित्यकार पारिजातको मूर्तिलाई स्थानान्तरित गरिनेछ तर अन्य स्थानमा भएर पारिजातको सालिग वर्तमान पारिजात चौकबाट केही टाडामा स्थापित गरिने छ। यस कारणले आज सिलगढीका मेयर गौतम देव लगायत अन्य अधिकारीहरूले घटनास्थलको परिभ्रमण गरे। मेयर गौतम देवले भने, नेपाली वरिष्ट साहित्यकार तथा लेखक पारिजातको सालिगलाई हटाएर त्यहाँबाट केही टाढामा स्थापित गरिनेछ। यसको साथै सडक संलग्न ठाउँमा रूखका विरूवाहरू फेरि लगाइनेछ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *