साहित्यकार सुदर्शन प्रधान अम्बटेलाई संवर्द्धना

खरसाङ: वर्ष 2021 को बाल साहित्य अकादेमी पुरस्कारको निम्ति चयन भएका खरसाङको अम्बटे चियाबारी निवासी साहित्यकार सुदर्शन प्रधान अम्बटेलाई आज वरिष्ठ नागरिक कल्याण संगठन, अम्बटेद्वारा संवर्द्धना जनाइयो। संगठनका सभापति दीपक थापाको सभापतित्वमा सम्पन्न समारोहमा सुदर्शन प्रधानलाई शाल ओढाएर, खदा लगाएर, संवर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो। फुर्बा घिसिङले सञ्चालन गरेको समारोहमा संगठनका सचिव निलम गिरीले कार्यक्रमको उद्देश्यबारे अवगत गराउँदै जसले जाति, भाषा, साहित्य, समाज अनि राष्ट्रको निम्ति विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान जनाउनु पर्छ। यो परम्परा हामीले बसाउनु पर्छ, नत्र हाम्रा नानीहरूले यसलाई भुल्ने छन् भनी बताए। यसै अवधि श्री सत्य साई बाल विकास केन्द्र, पाँचघरेको पक्षबाट पनि सुदर्शन प्रधानलाई तिनले प्राप्त गरेको विशिष्ट साहित्य अकादेमी पुरस्कारको निम्ति विशेष संवर्द्धना जनाइयो। समारोहमा श्री सत्य साई बाल विकास केन्द्र, पाँचघरेद्वारा पनि सुदर्शन प्रधानलाई संवर्द्धना जनाइयो। समारोहलाई सुवास छेत्री “भावुक”, गणेश छेत्री, गंगा प्रसाद शर्मा, सुदर्शन प्रधान आदिले स्मबोधन गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *