साहित्यकार तथा शिक्षक युवराज सुन्दास मातृ शोकमा

खरसाङ (निसं) : साहित्यकार, उद्घोषक, शिक्षक एवम् पत्रकार युवराज सुन्दास मातृ शोकमा परेका छन्। तिनको आमा लक्ष्मी सुन्दासको 78 वर्षको उमेरमा तीनधारेको लोअर होटल गैरीस्थित निजी वासस्थानमा निधन भएको छ। तिनी लामो समयदेखि बिमारी थिइन् भने गत 4 जुन 2022को दिन तिनको निधन भएको छ। शिक्षक, साहित्यकार युवराज सुन्दासकी आमा लक्ष्मी सुन्दासको अन्त्येष्टि कार्य आगामी 16  जुनको दिन तीनधारेमा हुने जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *