साहित्यिक विभूति ताना शर्माको निधनमा शब्द समय सालबारीद्वारा शोकसभा

सिलगढी : शब्द समय सालबारीले नेपाली साहित्यका महारथी, महान भाषाविद्, प्रख्यात नियात्राकार डा. ताना शर्मा (तारानाथ शर्मा)-को निधनमा एउटा शोकसभा आयोजना गरेर श्रद्धाञ्जलि अर्पण गऱ्यो। उक्त श्रध्दाञ्जलि कार्यक्रमको शुरूवातमा विशिष्ट साहित्यकार नरबहादुर दाहालले दिवङ्गत ताना शर्माको तस्वीर अघि धुप-दीप प्रज्ज्वलन गरेपछि शब्द समयका उपस्थित सदस्यहरूले खदा अनि पुष्पाञ्जलिद्वारा तिनलाई श्रद्धा अर्पण गरे। कार्यक्रमलाई शब्द समयका संस्थापक सदस्य विशिष्ट कवि ज्ञानेन्द्र खतिवड़ाले सञ्चालन गरेका थिए भने तिनले तारानाथ शर्मा (ताना शर्मा)-को छोटो परिचय प्रस्तुत गरे। यस अवसरमा विशिष्ट साहित्यकार नरबहादुर दाहालले दिवङ्गत साहित्यकार ताना शर्माको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारे। तिनले शब्द समयले नेपालका विभूतिहरू दिवङ्गत बन्दा शोकसभाहरू आयोजना गरी श्रद्धाञ्जलि अर्पण गर्ने गरेको तर यता भारतका साहित्यकारहरूको निधन हुँदा नेपालले शोक सभाहरू गरेको जानकारी पाइँदैन भन्दै साहित्यिक विभूतिहरू जुनै देशका भए पनि विभूति नै हुन्, तिनीहरूको सम्मान गरिनुपर्छ भनी बताए। तिनले डा. ताना शर्माको व्यक्तित्वमाथि प्रकाश पार्दै नेपाली साहित्यमा दिएका योगदानहरूको चर्चा पनि गरे। तिनले ताना शर्माले लेखेका एउटा रचना पुरानो पत्रिका रूपरेखा’-बाट पठन गरेर सुनाए। तिनले डा. ताना शर्मालाई झर्रोवादी आन्दोलनका अग्रणी र प्रगतिशील लेखक सङ्घका संस्थापक सदस्य रहेका कुरा बताए। तिनले बेलायततिर बरालिँदा, घोत्ल्याइँहरू, भानुभक्तदेखि तेस्रो आयामसम्म, नेपाली साहित्यको इतिहास जस्ता पुस्तकहरूसितै सयभन्दा अधिक कृति दिएर नेपाली साहित्यको ढिकुटीलाई समृद्ध बनाएका कुरा बताए।

साहित्यकार दाहालले बेलायततिर बरालिँइदा पुस्तकको प्रसङ्ग टिपेर यात्रा र नियात्राको भेदबारे बताए। यात्रामा केवल यात्राको सपाट वर्णन हुन्छ तर जहाँ यात्रासित संस्मरण पनि जोड़िएको हुन्छ त्यो नियात्रा हो। शब्द समयको अग्रज सदस्य विशिष्ट कवि मोहन ठकुरीले यस अवसरमा बोल्दै ताना शर्माले दार्जीलिङलाई अत्यन्त माया गरेका प्रसङ्गहरू तिनको सुन्दर शैलीमा बताए। कवि ठकुरीले ताना शर्माको पहिलो निबन्ध सङ्ग्रह नमस्ते’-देखि अन्य कृतिहरू जस्तै घोत्ल्याइँहरू, बेलायततिर बरालिँदा अदिबारे बताए। युग्मककार कालूसिंह रनपहेंलीले विद्वान व्यक्तित्व ताना शर्मासित सन् 2018 को 13 जुलाई भानु जयन्तीको दिन काठमाडौंमा हिमवत खण्ड कला साहित्य सम्मेलन-2075’-को अवसरमा भेट्न पाइएको सम्झना साझा गरे। यस अवसरमा उनले ताना शर्माको नमस्तेशीर्षकको निबन्धका केही अंश वाचन गरे साथै ताना शर्माप्रति श्रद्धाञ्जलिस्वरूप आफ्नो मौलिक कविता यी मेरा नमस्ते हातहरूपठन गरेर सुनाए। ताना शर्मामाथि कुराहरू राख्दै साहित्यकार डीएस बमजनले साहित्य र राजनीतिको सम्बन्धबारे बताए। कवि मन प्रसन्न योञ्जनले पर्खिरहेछ दार्जीलिङलेशीर्षकमा ताना शर्मामाथि लेखिएको एक सुन्दर मुक्तक वाचन गरे। उसरी नै कथाकार-चित्रकार सुवास छेत्रीले साहित्यिक विभूति ताना शर्माको जीवनी र कृतिहरूमाथि प्रकाश पारे। कवि-कथाकार जीतबहादुर सुनारले आफ्नो सम्भाषणमा ताना शर्माले दार्जीलिङबाट पढ़ाइ शुरु गरेको अनि बनारसबाट एमए गरेपछि अमेरिकाबाट भाषा विज्ञानमा पीएचडी गरेका कुराहरू अवगत गराउँदै तिनले साहित्यलाई 112 वटा पुस्तकहरू दिएर ठूलो योगदान पुऱ्याएको बताए। शब्द समयका सक्रिय सदस्य वरिष्ठ कवि हेमन्त काफ्लेले यस अवसरमा ताना शर्माको योगदानको उल्लेख गर्दै भने, उहाँले हामीलाई ऋण लगाइराख्नु भएको छ। ताना शर्माको नाम हिन्दी विकिपिडियामा पनि उल्लेख रहेको जानकारी दिए। अन्त्यमा दिवङ्गत साहित्यिक महान विभूति ताना शर्माको चिर आत्मशान्तिको प्रार्थना गर्दै दुई मिनटको मौन धारण गरेर सदस्यहरूले श्रद्धाञ्जलि अर्पण गरे। कार्यक्रममा साहित्यकार आरएन शर्मा, साहित्यकार प्रकाशमणि प्रधान, समाजसेवी पूर्ण मंगर, शैलेन्द्र समदर्शी, अनन्त गोम्देन आदिको विशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes