साहुडाङ्गी हाट पीके राय हाई स्कुलको तीनवटा शौचालयको उद्घाटन

राजगञ्ज : साहुडाङ्गी हाट पीके राय हाई स्कुलको तीनवटा आधुनिक शौचालयको आज उद्घाटन गरियो। स्कुल विकास कोषबाट लगभग 5 लाख 50 हजार रुपियाँको लागतमा उक्त तीनवटा शौचालयको निर्माण गरिएको छ भने तीमध्ये एउटा विद्यार्थीहरू र अन्य दुईवटा शिक्षक-शिक्षिकाहरूको लागि रहेको छ। यस अवसरमा प्रधान शिक्षक प्रदीप चौधुरी, स्कुल परिचालन कमिटीका सभापति अर्जुन दास लगायत बिन्नागढी ग्राम पञ्चायतका प्रधान शशीचन्द्र बर्मन, विद्यालयका शिक्षक-शिक्षिकाहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *