साहुडाङ्गीमा ट्रेन आइरहेको देखेपछि रेल ब्रिजबाट हाम फाल्दा 3 जनाको मृत्यु

राजगञ्ज : साहुडाङ्गीमा ट्रेन आएको देखेपछि पुलबाट हाम फाल्दा 3 जनाको मृत्यु भएको घटना प्रकाशमा आएको छ। मर्नेहरूमा एउटी महिला र दुईजना नाबालिका सामेल छन् भने तिनीहरूले पुरानो भत्केको तथा फ्याँकेको समान उठाउने काम गर्दथे। स्थानीय सूत्रले दिएको जानकारीअनुसार आज दिउँसो तिनीहरू न्यु साहु नदीमाथिको रेल पुल भएर पारिपट्टि गइरहेको समय न्यु जलपाईगढी स्टेसनबाट एउटा ट्रेन अचानक आइपुग्दा कुनै उपाय नपाएपछि तिनीहरूले पुलबाट तल हाम फाल्दा घटनास्थलमै तिनीहरूको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर रेल पुलिस, एनजेपी थाना र आमबारी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर 3 जनाको शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *