साहुडाङ्गी रामकृष्ण मिशनमा श्री श्री रामकृष्ण परमहंसदेवको जयन्ती पालन

राजगञ्ज: साहुडाङ्गी रामकृष्ण मिशनमा श्री श्री रामकृष्ण परमहंसदेवको 188औँ जयन्ती मनाइयो। विभिन्न कार्यक्रमको माध्यमद्वारा आज रामकृष्ण परमहंसदेवको जन्मोत्सव पालन गरियो। श्री श्री रामकृष्णदेवको विशेष पुजा, भजन, यज्ञ, तिनको जीवन र वाणीमाथि चर्चा गर्नको साथै प्रसाद वितरण गरिनेछ। यस अवसरमा धेरै संख्यामा भक्तहरूको भीड़ देखियो। यस सम्बन्धमा स्वामी नरेशानन्द महाराजले भने, रामकृष्ण परमहंसदेवको जन्मोत्सव विभिन्न कार्यक्रमको माध्यमद्वारा पालन गरिरहेको छ। श्री रामकृष्णको जीवनको महिमा, वाणीहरूबारे मानिसहरूलाई उजागर गरियो। यस अवसरमा सिलगढी र जलपाईगढी लगायत अन्य ठाउँबाट भक्तहरू सामेल भएका छन्। भक्तहरूको लागि प्रसादको पनि व्यवस्था गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *