साहुडाङ्गी स्कुलका विद्यार्थीहरूलाई सबुज साथी योजनामार्फत् साइकल वितरण

राजगञ्ज : राजगञ्ज ब्लकको साहुडाङ्गीहाट पीके राय हाई स्कुलको नवौँ श्रेणीका विद्यार्थीहरूलाई सबुज साथी योजनामार्फत् साइकल वितरण गरियो। तृणमूल कङ्ग्रेसको राजगञ्ज ब्लक सभापति विधान रायले आज उक्त स्कुलका 362 जना विद्यार्थीहरूलाई सबुज साथीको साइकल वितरण गरे। यस विषयमा विद्यालयका प्रधान शिक्षक प्रदीप चौधुरीले बताएअनुसार राज्य सरकारको सबुज साथी परियोजना अन्तर्गत आज सातौँ चरणमा नवौँ श्रेणीका विद्यार्थीहरूलाई साइकल वितरण गरियो। विद्यार्थीहरू धेरै टाढा-टाढाबाट उक्त स्कुल पढ्न आउने गरेकोले गर्दा आज ती विद्यार्थीहरूले साइकल पाएपछि तिनीहरूलाई निक्कै सुविधा पुग्ने तिनले बताए। यस अवसरमा तृणमूल कङ्ग्रेसको राजगञ्ज ब्लक सभापति विधान राय, बिन्नागढी अञ्चलको तृणमूल कङ्ग्रेसको एससी, एसटी, ओबीसी सेलका अञ्चल सभापति अर्जुन दास लगायत विद्यालयका अन्य शिक्षक-शिक्षिकाहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *