साहु नदीबाट व्यक्तिको शव उद्धार

राजगञ्ज : साहु नदीबाट एकजना व्यक्तिको मृतदेह उद्धार भएको छ। उक्त घटनाले राजगञ्ज ब्लकको माझियाली ग्राम पञ्चायतको गोरमोटागज गाउँमा शोकको लहर छाएको छ। मृतक व्यक्ति सन्नायासीकाटा ग्राम पञ्चायत अन्तर्गत तेलीपाड़ा निवासी 55 वर्षीय सुकुरु कारोआको रूपमा चिन्हित गरिएको छ। तिनी चियाश्रमिक थिए। स्थानीय सूत्रले दिएको जानकारी अनुसार सुकुरु कारोआ आज बिहान तेलीपाड़ाबाट नदी पार गरेर गोरमोटा गाउँमा आएका थिए भने त्यहाँबाट फर्किने क्रममा साहु नदीमा डुबेको बताइएको छ। यसपछि साहु नदीबाट तिनको शव उद्धार गरियो। घटनाको जानकारी पाएर राजगञ्ज पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *