साहू नदीमा अवैध रूपमा निर्माण भइरहेको पुलको सिंचाई विभागद्वारा निर्माण कार्यमा रोक

सिलगढी: साहू नदीमाथि अवैध रूपले फलामको पुल बनाइ रहेको थाहा पाएपछि सिंचाई विभागले उक्त पुल निर्माण कार्यमा रोक लगाइदिएको छ। जानकारी अनुसार डाबग्राम 2 नम्बर अञ्चलको ठाकुरनगर अनि बिन्नागुड़ी ग्राम पञ्चायतको बीच साहू नदी बग्दछ। यस इलाकाका  केही युवकहरूले पुल नभएर त्यहाँका मानिसहरूलाई असुविधा भइरहेको बताएर सरकारको अनुमति बिनै साहू नदीमा फलामको पुल बनाएर नदी किनारको जमिन कब्जा गर्ने प्रयास गरिरहेको आरोप लगाइएको छ। यसको साथै केही सरकारी जमिनमा कब्जा गरेर बिक्री गरेको समेत आरोप रहेको छ। जलपाइगढी जिल्ला परिषदका सदस्य देवाशीष प्रमाणिकले यस घटनाको खबर पाएर यसबारे सूचना सिंचाई विभाग तथा डाबग्राम 2 नम्बर पञ्चायत प्रधान सुधा सिंह रायलाई जानकारी दिए। अभियोग प्राप्त भएपछि स्थानीय प्रधान सुधा सिंह राय अनि सिंचाई विभागका अधिकारीहरूले आज इलाकाको निरीक्षण गर्न जलडुमुर इलाकामा पुगे। विभिन्न विषयमा गहन जाँच गरेपछि पुल निर्माण कार्यमा रोक लगाइ दिएको छ। यस वाहेक, सिंचाई विभागले पुलिसलाई पनि यसबारे ध्यान राखिदिने निर्देश दिएको छ। यसैगरी, पञ्चायत प्रधान सुधा सिंह रायले चाँडै कानुनी कार्वाही गरिने  आश्वासन दिएकी छन्।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *