साहु नदीमाथि फलामको पुल निर्माण गरेको मामिलामा 4 जना पक्राउ

सिलगढी : साहु नदीमाथि फलामको पुल निर्माण गरेर सरकारी जमिन तथा नदीको तट दखल गरेको मामिलामा एनजेपी थाना पुलिसले अभियान चलाएर 4 जनालाई पक्राउ गरेको छ। पक्रा परेका 4 जना व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरियो। डाबग्राम 2 नम्बर अञ्चलको साहु नदीमाथि फलामको पुल निर्माण गरेर सरकारी जमिन र नदीको तट दखल गरिरहेको खबर पाएपछि प्रशासनले उक्त इलाकामा अभियान चलाएर अवैध पुल भत्काइदिएको थियो। मुख्यमन्त्री ममता ब्यानर्जीले यसबारे थाहा पाएपछि सरकारी जमिन तथा नदी दखल स्वीकार नगरिने बताउँदै सिलगढी पुलिस कमिश्नरेट गौरव शर्मालाई यस विरुद्ध पहल गर्ने निर्देश दिएकी थिइन्। यसपछि कमिश्नर गौरव शर्माको निर्देश अनुसार एनजेपी थाना पुलिसले अभियान चलाएर घटनामा बापन दास, कार्तिक बोस, निर्मल राय, देवाशीष बर्मनलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *