साई भजन मण्डली र हेल्पिङ हेन्ड टोलीद्वारा चिहानघारी सफाई अभियान

कालेबुङ : श्री सत्य साई भजन मण्डली इष्ट मेन रोड कालेबुङ र हेल्पिङ हेन्ड टोलीले आज लकाई डाँडा छेउमा रहेको चिहान घारीमा सफाई अभियान चलाए। झार जङ्गल पलाएर उक्त चिहान घारी निक्कै दयनीय अवस्थामा रहेकोले आज तिनीहरूले यसको साफ-सफाई गरेको बताइएको छ।


हाम्रो परिवेश हाम्रो धन हो, यसलाई सफा र सुन्दर बनाइ राख्नु हामी सबैको मूल दायित्व हो। श्री सत्य साई भजन मण्डली इष्ट मेन रोड र हेल्पिङ हेन्ड टोलीले आउँदो दिनहरूमा पनि यस प्रकारको सफाई अभियान चलाउने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *