शैक्षणिक संस्थानहरू खोल्ने मागमा एसएफआई-द्वारा महकुमाशासकलाई ज्ञापन

सिलगढी : स्कुल-कलेजहरू चाँडै खोलिनुपर्ने मागमा स्टुडेन्ट फेडरेशन अफ् इन्डियाले आज महकुमाशासक प्रियदर्शनी एससित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। कोरोना महामारीले गर्दा स्कुल, कलेज लगायत विश्वविद्यालय लगभग एक वर्षदेखि बन्द अवस्थामा रहेको छ। हाल अनलाइन मार्फत् पढाइ चलिरहे तापनि केही विद्यार्थीहरूले बुनियाँदी सुविधाको कमीले गर्दा अनलाइन कक्षामा सामेल हुन सकिरहेका छैनन्। यसैले कोरोनाको नियमलाई पालन गर्दै सबै स्कुल, कलेजहरूमा सेनिटाइज गरेर शैक्षणिक संस्थानहरू चाँडै खोल्ने माग गर्दै आज एसएफआईको तर्फबाट महकुमाशासकसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएको बताइएको छ। महकुमाशासकले उक्त मामिलालाई गम्भीरताको साथमा विचार गर्ने आश्वासन दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *