सैगुनको काठ सहित 3 जना तस्कर पक्राउ

सिलगढी : वन विभागको डाबग्राम रेञ्जले जङ्गलबाट सैगुनको काठ तस्करी गरिरहेको समय 3 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा मङ्गलु राय, निमाई बर्मन र निताई बर्मन सामेल छन् भने तिनीहरू सबै फाराबाड़ी निवासी हुन्। डाबग्राम रेञ्ज इलाकाको जङ्गलमा गत अबेर राति पेट्रोलिङ अवधि वन कर्मीहरूले चोरी गरेको सैगुनको काठ सहित 3 जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेका 3 जना तस्करलाई आज जलपाईगढी अदालतमा पेश गरेपछि न्यायिक हिरासतमा पठाइएको छ। यस सम्बन्धमा डाबग्राम रेञ्जका रेञ्जर श्यामाप्रसाद चाकलादारले भने, पक्रा परेका 3 जना तस्करविरुद्ध वन अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *