सन्त अल्फन्सेस स्कुलमा भानु जयन्ती पालन

खरसाङ (निसं) : खरसाङको सन्त अल्फन्सेस स्कुलमा आज आदि कवि भानुभक्तको जन्मदिन पालन गरियो। स्कुलका प्रधानाध्यपक फादर केभिन मोक्तानको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो। विद्यालयका सह-शिक्षक राजेन खवासले कवि भानुभक्त आचार्यको जीवनी पठन साथै सञ्चालन गरेको कार्यक्रममा बाह्रौं श्रेणीका विद्यार्तीहरूले रामायण पाठ गरे।


त्यसरी नै छात्र अनुकरण खवासले नेपाली साहित्यमा भानुभक्तको योगदान विषयमा लिखित लेख पठन गरे। सह शिक्षक नवराज शर्माले स्वरचित कविता भानु बाजेलाई प्रश्न पठन गरे। कार्यक्रमको अन्त्यमा अध्यक्षताको सम्भाषण साथै धन्यवाद सहित कार्यक्रमको समापन भएको जानकारी विद्यालयको सह-शिक्षक सपन सुब्बाले दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *