सन्त अल्फन्सेस स्कुल ब्याजमेट्सद्वारा खरसाङका 6 वटा सरकारी स्कुलको विपन्न परिवारका नानीहरूलाई स्पोन्सर गर्दै नगद राशि प्रदान

खरसाङ : खरसाङको सन्त अल्फन्सेस विद्यालयको 1982 सालको ब्याज र अन्य भूतपूर्व विद्यार्थीहरू मिलेर गठन गरिएको सन्त अल्फन्सेस स्कुल ब्याजमेट्सद्वारा खरसाङ क्षेत्रका 6 वटा सरकारी स्कुलको विपन्न परिवारका नानीहरूलाई स्पोन्सर गर्दै नगद राशि प्रदान गरियो। यस संगठनका सभापति एम नारायण प्रधानको अध्यक्षता र सन्त अल्फन्सेस विद्यालयको वर्तमान फादर केविन मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोभिड 19 को समयमा निधन भएका पूर्व विद्यार्थीहरूको नाममा मौन धारण गरियो। कार्यक्रममा स्वागत सम्भाषण डा. समीर बलले राखेका थिए। कार्यक्रम विषयमा सन्त अल्फन्सेस स्कुल ब्याजमेट्सका सचिव डा. शरद सिन्हाले आफ्नो सम्भाषणमा हामीले 2015-मा फादर अब्राहमको सालिग निर्माण कार्यमा सहयोग गर्नलाई भेला भएको बेलामा हामीले औपचारिक रूपमा संगठन शुरू गरेको बताए।


तिनले यो संगठनमार्फत् गरीब नानीहरूलाई पढाइमा सहयोग गर्ने गरेका छौं भनी बताए। यसै कार्यक्रममा खरसाङ क्षेत्रका छवटा सरकारी स्कुल क्रमैले सन्त अल्फन्सेस स्कुल, सन्त जोसेफ कन्या स्कुल, पुष्पारानी स्कुल, आदर्श विद्यालय, स्कट मिशन, रामकृष्ण कन्या स्कुल आदिमा अध्ययनरत् विपन्न परिवारका मोठ 62 जना विद्यार्थीहरूलाई स्पोन्सर गर्दै आर्थिक सहयोग प्रदान गरेका छन्। कार्यक्रमलाई विश्व सुब्बा र सबिना गिरीले सञ्चालन गरेका थिए। कार्यक्रममा खरसाङ महकुमा शासक आईएएस एजाज अहमद, सुरेन प्रधान, पूर्व शिक्षक डीएन राईर मुख्य अतिथि फादर केविन मोक्तानले सम्भाषण राखेका थिए। कार्यक्रममा गायिका नम्रता बल, हेमराज घले, रमेस रसाईली आदिले गीत प्रस्तुत गरेका थिए। कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सन्त अल्फन्सेस स्कुल ब्याजम्याट्सका सचिव डा. शरद सिन्हाले विस्तृत रूपमा जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *