साईराज खातीलाई विधायक निरज जिम्बाद्वारा आर्थिक सहयोग

मिरिक (निसं): मिरिकको मञ्जु चियाबारी निवासी साईराज खातीलाई विधायक निरज जिम्बाले आर्थिक सहयोग प्रदान गर्दै 25 हजार रुपियाँको चेक प्रदान गरेका छन्। साईरज खाती नेपालमा सम्पन्न भइरहेको गायन प्रतियोगिता कार्यक्रम ‘मेरो भोइस युनिभर्स’-मा हाल तिनी भोटिङ राउण्डमा पुग्न सफल भएका छन्।


साईरज खाती दार्जिलिङ मिरिकको गाउँ-घरमा हुर्केर बडेका हुन्। साईराज खाती मिरिकको मात्र नभएर संसार भरी छरिएर वसोबास गर्ने संगीत प्रेमीहरुको निम्ति पनि गौरव हो, यसैले तिनलाई जिताउन अनि सहयोग पुर्यानउन तपाईं हामी सबैको कर्तव्य हो भनी विधायक निरज जिम्बाले बताएका छन्। तिनले अझ भने, एउटा अन्तर्राष्ट्रिय मञ्चको गायन क्षेत्रमा साईरज खातीलाई जिताउनु भनेको गोर्खाली संगीत क्षेत्रको गरिमालाई बचाउँनु हो।यसैकारण तपाईं हामी मिलेर साईराज खातीलाई सहयोग पुर्याउउँदै तिनको जीतलाई सुनिश्चित गरौं।


Leave a Reply

Your email address will not be published. Required fields are marked *