साकाल देवान हाम्रो पार्टीको लेबुङ बदमताम क्षेत्रको संयोजक चयन

दार्जिलिङ (निसं): हाम्रो पार्टीको केन्द्रीय कार्यालय पी कोठी दार्जिलिङमा सम्पन्न भएको आजको सभामा साकाल देवानलाई लेबुङ बदमताम समष्टिको पार्टीको संयोजक चयन गरेको छ। पार्टीको केन्द्रीय नेतृत्वहरूको उपस्थितिमा सम्पन्न सभामा लेबुङ बदमताम समष्टिमा हाम्रो पार्टीको साङ्गठनिक विस्तारलाई तीव्र रूप दिने जस्ता विषयमा गहन चर्चा-परिचर्चा भएको बताइएको छ। साकाल देवानले आजको बैठकमा समष्टिमा सङ्गठनलाई दह्रिलो बनाउने, आगामी दिनमा सम्पन्न हुने पञ्चायत चुनाउमा कस्तो प्रकारले जाने आदि जस्ता विषयमा गहन चर्चा-परिचर्चा भएको बताएका छन्। तिनले भने, हामी राजनीतिद्वारा जाति र क्षेत्रको उत्थान गर्ने कार्यकर्ता एवम् नेतृत्वहरू जन्माउने दिशामा काम गर्नेछौ। आजसम्म पहाडमा राजनीतिद्वारा जाति र क्षेत्रको उत्थान गर्ने नेतृत्वहरूको जन्म हुन सकेको छैन तर राजनीति दलाली गर्नेहरू मात्र जन्मेको साकाल देवानले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *