सालबारीबाट अवनित गुरूङको शव रहस्यमय ढङ्गमा उद्धार, जाँचमा जुट्यो पुलिस

सिलगढी (निसं):  सिलगढीको प्रधान नगर थाना अन्तर्गत सालबारी इलाकामा आज एकजना व्यक्तिको शव रहस्यमय ढङ्गमा फेला परेपछि इलाकामा सनसनी फैलिएको छ। उक्त मृतक व्यक्ति सालबारी नयाँ बस्ती निवासी अवनित गुरूङको रूपमा चिन्हित गरिएको छ। मृतक अवनित गुरूङ भारतीय सेनामा पनि कार्यरत थिए। सेनाबाट फर्किएपछि तिनी आफ्नो घर देहरादून गएका थिए। तर गत एक महिनादेखि तिनी सिलगढीको सालबारी इलाकामा कुनै काम लिएर आएपछि भाडाको घरमा बस्दै आइरहेका थिए। आज बिहान स्थानीय मानिसहरूले सालबारी नयाँ बस्तीको एउटा मन्दिरको गेटमा एकजना व्याक्तिको शव देखेपछि यसबारे प्रधान नगर थाना पुलिसलाई खबर दिए। खबर पाउन साथ प्रधान नगर थानाको पुलिस घटनास्थलमा पुगेर शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाइदिए। पुलिस घटनाको जाँचमा जुटेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *