सालबारी गणेश पुजामा मिरिकको ब्याग पाइपर ब्यान्ड-द्वरा गणपति बप्पालाई स्वागत

सिलगढी विघ्नहर्ता भगवान गणेशको आगमनले सिलगढीमा उत्सव प्रारम्भ भइसकेको छ। सहरमा 10 दिनसम्म गणपति बप्पाको विशेष पुजा आराधना गरिन्छ भने सहरमा पुजालाई लिएर श्रद्धालुहरूमा निक्कै उत्साह र उमङ्ग देखियो। सालबारी गणेश पुजा कमिटीले केही भिन्नै प्रकारले गणपति बप्पालाई स्वागत गर्यो।


कमिटीले बप्पाको स्वागत गर्नको लागि मिरिक हाई स्कुलको स्कार्लेट मिनी भ्याट ब्याग पाइपर ब्यान्ड ल्याएको छ। आज बिहान स्कार्लेट मिनी भ्याट ब्याग पाइपर ब्यान्डले बप्पालाई आफ्नो भिन्नै प्रकारले स्वागत गर्यो। अर्कोतिर, पुजा कमिटीले एउटा कलश यात्रा पनि निकाल्यो। सालबारी गणेश पुजा कमिटीले यस वर्ष बाबा बद्रीनाथ मन्दिरको थिममा पुजा पण्डालको निर्माण गरेको छ, जसले पुजा घुम्न आउने श्रद्धालुहरू निक्कै आकर्षित गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *