सालबारीमा इन्द्र बहादुर राईको 95औँ जन्मजयन्ती पालन    

खरसाङ: साहित्यकार इन्द्रबहादुर राईको 95औँ जन्मजयन्ती सालबारीका साहित्य प्रेमीहरूले पालन गरे। उक्त समारोहमा विशिष्ट साहित्यकार नरबहादुर दाहालको बाहुलीबाट साहित्य महारथी इन्द्रबहादुर राईको तस्वीरअघि धूपदीप प्रज्ज्वलन गरेपछि उपस्थित सबैले महान साहित्यकारको तस्विरमा खदा लगाई दिँदै श्रद्धा सुमन अर्पण गरे। समारोहमा प्रख्यात साहित्यकार इन्द्रबहादुर राईकी सुपुत्री वेदिका राईको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई वरिष्ठ कवि ज्ञानेन्द्र खतिवडाले सञ्चालन गरेका थिए। तिनले सबैलाई स्वागत जनाउँदै इन्द्रबहादुर राईको साहित्यिक महानताको चर्चा गरे। इन्द्रबहादुर राईको उपस्थितिको कारणले नै भारतका साहित्यकारहरूले अरूतिरबाट सम्मान पाउन थालेको तिनले बताए। यस अवसरमा प्रतिष्ठित साहित्यकार नरबहादुर दाहालले इन्द्रबहादुर राईको व्यक्तित्वमाथि प्रकाश पार्दै तिनीसितको सम्बन्धबारेका कुराहरू राखे। तिनले इन्द्रबहादुर राईको रचना आफू गोर्खाको सम्पादक हुँदा प्रकाशित गरेका रोचक कुराहरू पनि राखे। साहित्यकार दाहालले साहित्यमा राजनैतिक लेखहरू लेखिनुपर्ने अनि प्रकाशित हुनुपर्ने औचित्य र अनिवार्यतामाथि पनि आफ्ना कुराहरू राखे। यस अवसरमा विशिष्ट कवि मोहन ठकुरीले इन्द्रबहादुर राईले लेखेका एउटा लेखलाई उदाहरण स्वरूप राख्दै साहित्यकार इन्द्रबहादुर राईको लेखन विशिष्टताबारे चर्चा गरे। यसैगरी, युग्मककार कालूसिंह रनपहेंलीले महान साहित्यकार इन्द्रबहादुर राईमाथि लेखिएको स्वरचित कविता वाचन गरे। इन्द्रबहादुर राईकी सुपुत्री वेदिका राईले बाबु छोरीको सम्बन्ध कति मीठो थियो सो बताउँदै बाबा इन्द्रबहादुर राई सदैव आफ्नो मार्गदर्शक रहेको र बाबाले लेखेका बुझ्न नसकिएका रचनाहरू बुझाउने पनि गरेका मीठा सम्झनाहरू साझा गरिन्। यस अवसरमा विशिष्ट साहित्यकार भविलाल लामिछानेले इन्द्रबहादुर राईसितका चार भेटहरूको रोचक संस्मरण राखे। वरिष्ठ साहित्यकार डीएस बम्जनले इन्द्रबहादुर राईको राजनैतिक अनि साहित्यिक व्यक्तित्त्वमाथि प्रकाश पारे। कार्यक्रममा वरिष्ठ कथाकार मणिकुमार प्रधान, कवि हेमन्त काफ्ले, कवि सुधार घलेले समारोहमा आफ्ना कुराहरू राख्दै महान साहित्यकारलाई सम्झना गरेका थिए। समारोहमा वरिष्ठ कथाकार खड़गराज गिरी, कवि लीलबहादुर सुनार, साहित्यकार प्रकाशमणि प्रधान, समाजसेवी पूर्ण मंगर, पत्रकार शैलेन्द्र समदर्शी, गोम्देन टी बारका  अनन्त गोम्देन आदिको विशेष उपस्थिति रहेको थियो। यस अवसरमा उपस्थित पत्रकार-लेखिका बबिता मादेनलाई साहित्यकार नरबहादुर दाहालको बाहुलीबाट खदा लगाई दिएर हालै तिनले लेखेको कृति 1986 वास हराएपछि’’-को निम्ति सबैको तर्फबाट बधाई टक्राइयो। कार्यक्रममा हालै दिवङ्गत बनेका साहित्यकारहरूमा मिरीककी प्रतिष्ठित कवि कमला राई अनि डुवर्सका प्रतिष्ठित कथाकार श्रीनारायण प्रधानको स्मरणमा दुई मिनटको मौन धारण गर्दै तिनीहरूको आत्मशान्तिको निम्ति प्रार्थना गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes