सालिग अनावरण विषय अन्तिम तयारी गर्दै गोर्खा जनपुस्ताकालय खरसाङको सभा

खरसाङ : भारतको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा निर्माण भएको दुईवटा सालिगको अनावरण विषयमा अन्तिम तयारी गर्दै सभा सम्पन्न भयो। पुस्ताकालयको सभापति पूर्ण गुरुङ ‘निरुपम’-को अध्यक्षतामा पुस्ताकालयको अध्ययन कक्षामा सम्पन्न भएको सभामा सचिव विनोद रसाइली र कार्यक्रमको संयोजक ऋषि राईको सञ्चालनमा सम्पन्न सभामा आगामी 7 मईको दिन हुने कार्यक्रमको अन्तिम तयारी गर्दै विभिन्न उप समितिहरू गठन गरेर कार्यक्रमको लागि सदस्य –सदस्याहरूमा जिम्मेवारी सुम्पेको छ। सभामा कार्यक्रमको रुपरेखा तयार पार्न र कसले कुन-कुन जिम्मेवारी निभाउनु पर्ने र कसरी कार्यक्रमलाई सफल पार्ने भन्ने विषयमा चर्चा-परिचर्चा गरियो। विशेष रुपमा आगामी 7 मईको दिन गोर्खा जनपुस्ताकालय खरसाङको आयोजनामा खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा दुईवटा सालिगहरू पाद्री गङ्गाप्रसाद प्रधान र डा. पारसमणि प्रधानको सालिग अनावर गरिने विषयमा चर्चा गरिएको छ । उक्त कार्यक्रममा पाद्री गङ्गाप्रसाद प्रधानको सालिग रेभरेन्ट डा. एडोन रोङ्गोंग अनि डा. पारसमणि प्रधानको सालिग अनावर डा. गोकुल सिन्हाको बाहुलीबाट अनावरण गरिने भएको छ। सालिग अनावर गरिएपछि पद्माश्री सम्मानित काजीसिहंलाई नागरिक सम्मान गर्दै पैदल गएर सन्त अल्फन्सेस स्कूलमा कार्यक्रम गरिने भएको छ। उक्त कार्यक्रममा डा. जस योञ्जन प्यासीद्वारा डा. पारसमणि प्रधानमाथि लिखित पुस्तकको लोकार्पण पनि गरिने भएको छ भने पद्मश्रीले सम्मानित काजी सिंहलाई सम्मानित गरिने कार्यक्रम रहेको विषयमा चर्चा गरियो। आजको सभाले लिएको निर्णय अनुसार मूर्तिकार अमीर सुन्दासलाई पनि सम्मान जनाइने भएको छ। सभामा गोर्खा जनपुस्ताकालय खरसाङको पदाधिकारीहरू, सदस्यहरू लगायत विभिन्न क्षेत्रका मानिसहरू उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा जनपुस्ताकालय खरसाङका सचिव विनोद रसाइलीले आगामी 7 मईको कार्यक्रम विषयमा जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *