सालको अन्तिम चन्द्र ग्रहण आज 4 बजेर 46 मिनटदेखि सुरू

सिलगढी: यस वर्षको अन्तिम चन्द्र ग्रहण आज 8 नोभेम्बर 2022 मंगलबार अपरान्हको समयमा लाग्ने बताइएको छ। यो पूर्ण चन्द्र ग्रहण हुनेछ। भारतमा चन्द्रमा उदाउँदै गर्दा नै देख्न सकिने यो ग्रहण विश्वको दक्षिण अमेरिका, अष्ट्रेलिया, एशियाका कतिपय देशहरू लगायत अटलान्टिक महासागर र प्रशान्त महासागरमा देखिने छ। भारतीय समय अनुसार दार्जिलिङ,कालेबुङ,सिक्किम आदि पहाडी क्षेत्रमा आज अपरान्ह 04 बजेर 46 मिनटमा चन्द्र ग्रहणले स्पर्श गर्नेछ। यहाँ स्पर्श गरेको नदेखिए तापनि चन्द्र उदय पछि देख्न सकिने बताइएको छ। यो ग्रहण 1 घण्टा 23 मिनटको रहने छ भने साँझ 06 बजेर 09 मा समाप्त हुने सम्बन्धित व्याक्तिहरूको भनाई रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *