सालुगढा आकाशवाणी रेडियो सेन्टर नजिक सड़क दुर्घटनामा 2 जनाको मृत्यु

सिलगढी : सिलगढी मेट्रोपोलिटनको भक्ति नगर थाना अन्तर्गत सालुगढा आकाशवाणी रेडियो सेन्टर नजिक सड़क दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। मर्नेहरू जलपाईगढी निवासी मानव राय (26) र रंजीत राय (47) सामेल छन्।  प्राप्त जानकारी अनुसार एउटा प्राइभेट नम्बर भएको चारचक्के वाहन सालुगढा चेकपोस्टतर्फ आइरहेको समय सालुगढी आकाशवाणी रेडियो सेन्टर नजिक उक्त वाहन अनियन्त्रित भएर विपरीत तर्फबाट आइरहेको बाइकलाई धक्का दिँदा बाइकमा सवार दुईजना व्यक्ति गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनाको खबर पाएर भक्ति नगर थाना र ट्राफिक गार्ड पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरले तीमध्ये एकजनालाई मृत घोषित गरिदिए भने अन्य एकजना घाइतेको उपचाराधीन अवस्थामा आज बिहान मृत्यु भएको बताइएको छ। पुलिसले आज बिहान दुईवटा शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै मृतकका परिवारका सदस्यहरूलाई घटनाबारे जानकारी दिएको छ। अर्कोतिर, दुर्घटनाग्रस्त दुईवटा वाहन पुलिसले आफ्नो नियन्त्रणमा लिएर छानबीन शुरू गरेको छ। उक्त घटनापछि सुइँकुच्चा ठोकेको वाहन चालकको पुलिसले खोजी शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *