सालुगढा सेन्टर स्कुल नजिकबाट 4 जना बदमास पक्राउ

सिलगढी (निसं): सिलगढीको भक्तिनगर थाना पुलिसले आपराधिक घटनालाई अञ्जाम दिन अगावै 4 जना बदमाशलाई पक्राउ गरेको छ। गोप्य सूत्रबाट जानकारी पाएपछि गत राति भक्तिनगर थाना पुलिसले सादा पोशाकमा अभियान चलाएर सालुगढास्थित केन्द्रीय विद्यालय नजिक अपराधिक घटनालाई अञ्जाम दिन भेला भएका 4 जना आरोपीलाई पक्राउ गरेको बताइएको छ। पक्रा पर्ने बदमासहरूमा राहुल छेत्री, सुरज छेत्री, एनथोनी सुनार र शिबू राई सामेल छन्। तिनीहरूबाट पुलिसले केही धारिलो हतियार पनि उद्धार गरेको छ। आज ती सबै आरोपीहरूलाई जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *