सालुगढाको एउटा दोकानबाट 24 वटा मोबाइलसहित एकजना पक्राउ

सिलगढी : भक्तिनगर पुलिसले सिलगढी संलग्न सालुगढास्थित एउटा मोबाइल दोकानमा अभियान चलाएर 24 वटा मोबाइल फोन उद्धार गर्नको साथै एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति ज्योतिनगर निवासी बिदु छेत्रीको रूपमा सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त दोकानबाट उद्धार गरेको मोबाइलको कुनै वैध कागजपत्र नरहेकोले गर्दा पुलिसले 24 वटा मोबाइल सहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। आईपीसीको धारा 379/411/414 अन्तर्गत मामिला दर्ता गरेर पक्रा परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *