सालुगढाको पोस्ट अफिस रोड जर्जर अवस्थामा, स्थानीय मानिसहरू सहित भाजपाद्वारा विरोध प्रदर्शन

सिलगढी (निसं): सिलगढी नगर निगमको 42 नम्बर वार्ड अन्तर्गत सालुगढा पोस्ट अफिस रोड हाल अति जीर्ण अवस्थामा पुगेकोले गर्दा स्थानीय मानिसहरूलाई धेरै समस्या भइरहेको छ। जर्जर सड़कले गर्दा हाल प्राय:जसो दुर्घटना भइरहने गरेको यहाँका मानिसहरूको भनाई छ। विशेष गरेर वर्षाको समयमा यहाँका मानिसहरूलाई धेरै समस्या भइरहेको छ। यसैले गर्दा आज स्थानीय मानिसहरूको उपस्थितिमा 8 नम्बर भाजपा मण्डल कमिटीको तर्फबाट विरोध प्रदर्शन गर्नको साथै चाँडै सडक मरमतिको माग पनि गरियो। स्मरण रहोस, सिलगढी नगर निगमको 42 नम्बर वार्ड सालुगढाको पोस्ट अफिस रोड धेरै समयदेखि जर्जर अवस्थामा पुगेको छ। सडकको अवस्था खराब रहेकोले मानिसहरूलाई आवत-जावत गर्न धेरै समस्या भइरहेको छ। यसवाहेक, आपातकालीन परिस्थितिमा एम्बुलेन्स पनि यहीं बाटो भएर बिमारीलाई आस्पताल लैजान पर्दा धेरै समस्या भइरहेको स्थानीय भुक्तभोगी मानिसहरूले गुनासो पोखेका छन्।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *