सालुगढा नेपाली संस्कृति समितिको तर्फबाट रक्तदान शिविरको आयोजना

सिलगढी (निसं): गर्मीको समयमा रगतको संकटलाई समाधान गर्ने उद्देश्य लिएर आज सालुगढा नेपाली संस्कृति समितिको तर्फबाट रक्तदान शिविरको आयोजना गरियो। सिलगढी तराई लायन्स ब्लड ब्याङ्कको सहायतामा आज सालुगढा नेपाली संस्कृति समितिले यो शिविरको आयोजना गरेको थियो। उक्त शिविरमा स्तानीय धेरैजना मानिसहरू उपस्थित भएर स्वेच्छाले रक्तदान गरे। आयोजक समितिले दिएको जानकारी अनुसार आजको रक्तदान शिविरमा 50 युनिट रगत संग्रह गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *