समाधि स्थलमा सहिद दुर्गा मल्लको नाम संशोधन

खरसाङ (निसं) : गोर्खा स्वाधीनता सेनानी सहिद दुर्गा मल्लको समाधि स्थलमा नाम भूल रहेकोले सुप्रिम कोर्टको वकिल प्रेम छेत्रीको पहलमा संसोधन गरेर सही गरिएको कुरा आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर समाजसेवी तिलक शर्माले जानकारी गराएका छन्। तिनले यस विषयमा जानकारी गराउँदै शहीद मेजर दुर्गा मल्लको नाम दलोगा मल्ल रहेकोले यसलाई संसोधन गर्न सुप्रिम कोर्टको वकील प्रेम छेत्रीले काम गरेको र अहिले दुर्गा मल्लको नाम सही रहेको बताएका छन् । दिल्लीको मौलाना कलेज परिसरमा शहीद मेजर दुर्गा मल्ललाई फाँसी दिएको ठाउँमा रहेको समाधि स्थलमा नाम अहिले नाम सही रहेको पनि तिलक शर्माले जानकारी गराएका छन्। तिनले बताए अनुसार दुर्गा मल्लको नाम संसोधन गरिएपछि प्रेम छेत्री, उत्तमकुमार छेत्री र आफु पुगेको पनि बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *