समाजहरूको पहलमा सड़क मरमति कार्य जारी

सुकेपोखरी: सुके खण्ड अन्तर्गत टर्जम चियाबारीका समाजिक सचेतकहरू तथा पिप्ली सड़क सुधार समितिको तत्परतामा सड़क मरमति गरिने कार्य जारी रहेको छ। स्थानीय 6 वटा समाज तथा सङ्गठनद्वारा संयुक्त रूपमा पिप्ली सड़क सुधार समिति गठन गरेर साप्ताहिक रूपमा भइरहेको सड़क मरमति कार्यमा कुनै प्रकारको राजनैतिक नेतृत्वबाट सहयोग नपाएको बताइएको छ । पिप्ली सड़क सुधार समितिका सचिव देवेन्द्र देवसाले यो सडक निमार्ण कार्य पूर्ण रूपले स्थानीय समाजहरूको सहयोगमा भइरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *