सामाजिक वनमा आगलागी हुँदा धेरैवटा रुखहरू जलेर खरानी

फाँसीदेवा : फाँसीदेवाको लिम्पुटारी सामाजिक वन (सोशल फरेस्ट्री)-मा गत अबेर राति आगलागी हुँदा धेरैवटा रुखहरू जलेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति स्थानीय मानिसहरूले इलाकामा कालो धुवाँ देखेपछि यताउता हेर्दा सामाजिक वनमा भीषण आगलागी भएको देखेपछि तत्कालै फाँसीदेवा पुलिस, घोषपुकुर वन विभाग र अग्निशमन विभागलाई खबर दिए। घटनाको खबर पाएर मतिगढाबाट दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। उक्त आगलागीमा सामाजिक वनमा धेरै मात्रामा रुखहरू जलेर खलानी भएको छ। यसभन्दा अघि पनि सामाजिक वनमा आगलागी भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *