सामाजिक कार्यकर्ता मीमलाल सापकोटालाई समाज रत्न पुरस्कारले सम्मानित गरिने

सिलगढी : गोर्खा जातिका गौरव, सिलगढीका एक मूल स्तम्भ, नेपाली भाषा-साहित्य, संस्कृतिका संरक्षक तथा सामाजिक कार्यकर्ता मीमलाल सापकोटाको 75औँ वसन्तमा प्रवेश गरेको कस्तुभ पर्वको सुअवसरमा तिनलाई विष्णुमाया शर्मा फाउन्डेसन खरसाङद्वारा समाज रत्न पुरस्कारले सम्मानित गरिने भएको छ। विष्णुमाया शर्मा फाउन्डेसन खरसाङ, मीमलाल सापकोटा नागरिक अभिनन्द समारोह समिति तथा मध्य मार्ग पत्रिका प्रकाशनको संयुक्त पहलमा आगामी 1 मार्च आइतबारको दिन देवकोटा संघ भवनको प्रेक्षागृह प्रधाननगर सिलगढीमा एउटा भव्य नागरिक अभिनन्दन समारोहको आयोजना गरिने भएको छ। उक्त अभिनन्दन समारोहमा मीमलाल सापकोटाको जीवनीबारे लेखिएको अभिनन्दन ग्रन्थको पनि लोकार्पण गरिने भएको छ। उक्त समारोहको अध्यक्षता डा. मणिकुमार शर्माले गर्ने छन् भने प्रमुख अतिथिका रूपमा डा. प्रताप चन्द्र प्रधान अनि विशिष्ट अतिथिका रूपमा डा. गोकुल सिन्हालगायत अन्य नेपाली भाषा साहित्यका वरिष्ठ पदाधिकारीहरू उपस्थित रहने छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *