सामाजिक कार्यकर्ता राजेश खवास मातृशोकमा

सुकेपोखरी: दार्जीलिङ सेवा संस्थान (डीएसएस) पोख्रेबुङ क्षेत्रीय संयोजक तथा सामाजिक कार्यकर्ता राजेश खवास मातृशोकमा परेका छन्। पोख्रेबुङ बस्ती निवासी तिनकी आमा दिल कुमारी खवासको 64 वर्षको उमेरमा आज निधन भयो। तिनले आफुपछि पति एमबी खवास अवकाशप्राप्त एएसआई, दुई छोराहरु राजीव खवास र राजेश खवास, बुहारी ओङमु लेप्चा खवास, नातिनी निशिका खवास तथा अन्यलाई छाडेर गएकी छन्। डीएसएस पोख्रेबुङ युनिटको पक्षबाट दिवङ्गत आत्माशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्नको साथै शोक सन्तप्त परिवारप्रति सम्वेदना प्रकट गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *