समाज र जातिको उन्नतिको लागि अघि आउने युवाहरूलाई एलबी राईको आह्वान

मिरिक: राजनीति आफ्नो लागि नभएर समाज र जातिको उन्नतिको लागि गर्नुपर्ने, आफ्नो ठाउँलाई अझ उन्नत र विकसित बनाउन पर्ने सुझाउ दिनको साथै मिरिकको उन्नति र विकासमा ध्याउन्न लगाएर हाल आफुले काम गरिरहेको कुरा आज रुखको विरुवा वितरण कार्यक्रममा मिरिक नगरपालिका अध्यक्ष एवं जीटीए बोर्ड अफ एडमिनिष्ट्रेशन कार्यकारी सदस्य एलबी राईले बताए। मिरिकको कृष्ण नगर क्लब युवा एकाईंद्वारा आयोजित रुखको विरुवा वितरण कार्यक्रममा एलबीले राईले भने, हिजोको दिनमा हामीले दार्जीलिङ , खरसाङ , कालेबुङ , सिलगढी र सिक्किमलाई हेर्थ्यौं । तिनीहरुले गरेको प्रगतिलाई हेर्थ्यौं तर अब तिनीहरुले मिरिकलाई हेर्न थालेका छन् अनि अब हामीलाई हेर्ने पालो तिनीहरुको हो। क्लबका युवाहरुलाई राजनीति समाजको उन्नति र मार्गदर्शनको लागि गर्नु पर्ने बताउँदै तिनले युवाहरुलाई समाजको प्रगति र उन्नति गर्नको लागि अघि आउने आह्वान पनि गरे। कार्यक्रमका मुख्य अतिथि एलबी राई अनि अन्य अतिथिहरूको बाहुलीबाट मानिसहरूलाई विरुवा वितरण गरियो भने आजको कार्यक्रमका अध्यक्ष श्रीमती बनिता राईले क्लबका युवाहरुलाई मार्गदर्शन गर्न सधैं आफुहरू तत्पर रहने बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *