समाजसेवी भुवनसिंह छेत्रीको निधनमा गोर्खा जन पुस्तकालयद्वारा शोक प्रकट

खरसाङ : गोर्खा जन पुस्तकालय खरसाङले दार्जीलिङको सामाजिक कार्यकर्ता, भाषा संग्रामी, सन्त रोबर्ट हाई स्कूलका पूर्व शिक्षक भुवनसिंह छेत्रीको निधनमा गहिरो शोक समवेदना प्रकट गरेको छ। छेत्रीको निधन गत 22 मईको दिन बेङडुबी आर्मी अस्पतालमा 84 वर्षको उमेरमा भएको थियो। उनी गोर्खा जन पुस्तकालय खरसाङको शुभचिन्तक भएकोले पुस्ताकालयको पक्षबाट गहिरो शोक समवेदना प्रकट गर्दै श्रध्दाञ्जली अर्पण गरेको बताइएको छ। पुस्तकालयको पूर्व सभापति तिलक शर्माले स्व भुवनसिंह छेत्री दार्जीलिङका आदर्श शिक्षक, सत्य साई समिति दार्जीलिङको अग्रज, सम्पादक, सामाजिक चिन्तक रहेको बताउँदै तिनको निधनमा गोर्खा जन पुस्तकालय खरसाङको पक्षमा शोकित परिवारप्रति सहानुभूति प्रकट गर्दै ईश्वरले सहने शक्ति प्रदान गरुन् भनी बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *