समाजसेवी विक्रम राईद्वारा सिटोङमा खद्य सामग्रीहरू वितरण

मङपु: तकदाह ब्लकको सिटोङ दुई घलेटार निवासी समाजसेवी शिक्षक एवम् होम स्टेका मालिक विक्रम राईले हाल कोरोना महामारीको समयमा मानिसहरुको घरमा पुगेर सेनिटाइज गर्नको साथै विपन्न परिवारका सदस्यहरूलाई खाद्य सामग्रीहरू वितरण गर्दै आइरहेका छन्। यसै क्रममा आज सिटोङको ग्रामीण क्षेत्रहरुमा गएर तिनले विपन्न तथा लकडाउनले समस्यामा परेका स्थानीय गाउँलेहरुलाई चामल, दाल, तेल, साग-सब्जी साथै लिफाफामा हालेर केही आर्थिक सहयोग राशि पनि प्रदान गरे। यसभन्दा अघि पनि बिक्रम राईले सिटोङ 1, 2 र 3 ग्राम पञ्चायतमा विपन्न परिवारलाई विभिन्न सहयोग गर्दै आइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *