समाजसेवी बिक्रम राईद्वारा किड्नी रोगी सुभम राईलाई आर्थिक सहयोग

खरसाङ : खरसाङ महकुमा अन्तर्गत तीनधारे नजिक नयाँ कमान निवासी किड्नी रोगी सुभम राईलाई उपचारको लागि सिटोङ निवासी समाजसेवी बिक्रम राईले आर्थिक सहयोग गरे। नयाँ कमान ग्राम कल्याण समितिको सभापति मिलन प्रधान लगायत अन्यहरूले सिटोङका समाजसेवी बिक्रम राईलाई तिनको सिटोङ घलेटारस्थित घरमैं भेटेर किड्नी रोगी सुभम राई विषयमा जानकारी गराएका थिए। यही भेटघाट अवधि नै समाजसेवी बिक्रम राईले किड्नी रोगी सुभम राईलाई नयाँ कमान ग्राम कल्याण समितिको सभापति मिलन प्रधानको हातमा आर्थिक सहयोग स्वरुप 17 हजार रुपियाँ प्रदान गरेका छन्। यसको साथै कोलकोतामा हाल उपचाराधीन अवस्थामा रहेका सुभम राईलाई त्यहाँका डाक्टरहरूसित बातचित गरिदिने पनि आश्वासन दिएका छन्। सिटोङका समासजसेवी बिक्रम राईले आजसम्म विभिन्न रोगहरूको उपचारको लागि धेरै जनालाई सहयोग गरिसकेका छन् भने विभिन्न सामाजिक कार्यहरू पनि गर्दै आइरहेका छन्। यसरी किड्नी रोगी सुभम राईलाई उपचारको लागि सहयोग गरिदिएकोमा सुभम राईको परिवार र गाउँ समाजको तर्फबाट समाजको सभापति मिलन प्रधानले समाजसेवी बिक्रम राईलाई धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *